राष्ट्रिय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

पोखरा,
जेठ २१ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताउनुभएको छ । संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले तीन महिनाभित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गर्नुभयो । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल-टोल तहसम्म हजारौं स्व्यम् सेवक परिचालन गर्ने उहाँले बताउनुभयो । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणसँगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हज्जरौ नेता कार्यकर्ता परिचालित रहेको उहाँको दाबी छ ।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल कदमीमा सङ्कालीत उक्त सामाग्रीहरू गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती डा. डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पिपिई, मास्क, ग्लोभ्स लगायतका गरी १० लाख रकम बाराबरको सामाग्री हस्तान्तरण गरिएको आयोजकले बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार