काठमाडौं,
जेठ २० ।
अमेरिकाको क्यान्सस् राज्यमा गीतकार रिमा श्रेष्ठको पहिलो गीतिएल्बम् ‘अधुरो सपना’ सार्वजनिक भएको छ । क्यान्सस् निवासी स्विटी पौड्याल, सिल्भी विजयानन्द, शिखर शेरचन र अनिष प्रधानाङ्गको प्रमुखआतिथ्यमा गीर्तिल्बम सार्वजनिक भएको हो । एल्बममा रहेको एउटा गीत ‘निष्ठुरी नसम्झ’ को म्युजिक भिडियो नौलोडिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा अन्य ६०-६५ जना क्यानसस् निबासी बुद्धीजीविहरू बिषेश आतिथीका रुपमा उपस्थिति रहेको थियो ।
कुशल गुरुङको निर्माणमा बनेको उक्त एल्बम् ‘अधुरो सपना’ मा जम्मा ७ वटा गीत रहेका छन् । जसमा, वरिष्ठ सङ्गीतकार अम्बर तुम्बापोसुब्बा, सङ्गीतकार येदिन गजमेर र सङ्गीतकार तथा गायक अनुप रेग्मीको संयुक्त सङ्गीत रहेको छ भने यसमा स्वरुपराज आचार्य, अन्जु पन्त, अनुप रेग्मी, विन्दु परियार, कर्णवीर, विद्या तिवारी, राजेश पायल राई, मेघा श्रेष्ठ र केभिनग्लान तामाङ गरी नौ जना गायक-गायिका को स्वर रहेको छ ।
कार्यक्रममा गीतकार रिमा श्रेष्ठले आफ्ना पुजनियमाता पिता रिताकमल श्रेष्ठ र हिराबहादुर श्रेष्ठको आशिर्वाद अनि डा. रिना श्रेष्ठ बैद्यका साथै, उहाँका छोरा-छोरी केदन श्रेष्ठ गुरूङ र ईलैना श्रेष्ठ गुरूङलाई पनि साथ र मायाको लागि धेरै-धेरै धन्यवाद दिन चाहेको कुरा बताउनुभयो ।
अमेरिकालाई आफ्नो कर्मथलो बनाएउनुभएकी गीतकार रिमा श्रेष्ठले आफ्नो जन्मभुमी नेपाललाई छोडी अमेरिकामा रहँदै आउनु भएको तीनदशक हुन लागे पनि आफ्नो भाषा र भेषलाई भुल्न नसकेको र नेपाली गीत-सङ्गीतलाई मन भुलाउने र मनको भारी बिसाउने चौतारीको संज्ञा दिनु भएको छ । उहाँले मनको वह शब्दमा कोरेपनि कहाँ र कसरी एल्बम बनाउने, गीत-सङ्गीत र भिडियो कसरी निर्माण गर्ने भन्ने केही थाहा नभएको र कर्णवीरजीसँग भेट भएपछी मात्र यसतर्फ आफ्नो पाइला अघि बढेको बताउनुभयो ।
यस एल्बममा रहेका गीतहरू मध्ये काठमाडौंको अनामनगरमा रहेको गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको चार गीतहरूमा रेकर्रडिस्ट कृष्णकुमार महर्जनद्वारा मिक्सिङ तथा मास्टरिङ गर्नु भएको छ भने दुईवटा गीतमा एवान म्युजिसियन स्टुडियोमा रेकर्रडिस्ट किशोर थापाद्वारा मिक्सिङ तथा मास्टरिङ भएको हो । बाँकी एउटा गीत अमेरिकाको क्यान्सस् सीटीमा रहेको अनलेवल स्टुडियोमा खगेन्द्र शिलवालद्वारा रेकर्डिङ भएको हो ।
‘अधुरो सपना’ एल्बम्मा रहेको ‘निष्ठुरी नसम्झ’ बोलको गीतको भिडीयोको निर्देशन एकान्त मगरले गर्नुभएको हो भने यसमा कर्णवीर र मनिषा कार्कीले अभिनय गर्नुभएको छ । यो भिडियो नौलो डिजिटलमार्फत सार्वजनिक गरिएको छ भने अरु गीतहरूमा पनि भिडियो बनाउने तयारी भईरहेको गीतकार श्रेष्ठले जानकारी गराउनुभयो ।






