अनलाइनबाटै बेली डान्स सिकाउँदै विनु

काठमाडौं,
जेठ १९ ।

बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने हुनुभएको छ । बिनुले सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लाग्नुभएको हो । उक्त कार्याशाला अनलाइनमार्फत सञ्चालन गरिने शाक्यले जानकारी गराउनुभयो ।

नेपालकी दर्शकमाझ बेली रानीको उपनामले समेत चिनिनुभएकी विनुले दर्जनौं स्टेज कार्यक्रममा आफ्नो बेली डान्सको कला प्रस्तुत गर्दै आउनुभएको छ । उहाँले युवापुस्ताको चाहना अनुसार नै अनलाइनमार्फत पहिलो पटक यो नृत्यको प्रशिक्षण दिन लागेको बताउनुभयो ।

बिनुका अनुसार पछिल्लो समय युवा पुस्तमा बेली डान्सको क्रेज बढ्दो छ । उहाँले बेली डान्सको कार्यशाला यही जेठ २३ गते आइतबारदेखि जेठ २९ गते शनिवारसम्म सञ्चालन हुने जानकारी गराउनुभयो । कार्यशाला हरेक दिन साँझ ४ बजेदेखि ५ बजेसम्म हुनेछ ।

कार्यशालामा सहभागिता जनाउनका लागि प्रशिक्षार्थीले १५ सय रुपैयाँ तिर्नु पर्नेछ । कार्यशालामा सहभागिता जनाउन इच्छुक व्यक्तिले बिनुलाई उहाँको फोन नम्बर ०११(४९५१०१ मा सम्पर्क गर्न सक्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार