बुटवल,
जेठ १८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी वार्ड ५ बुटवलद्वारा शान्ती टोल ५ का बिपन्न परिबारहरूलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । मंगलबार वडा अध्यक्ष बिनय कसौधनको नेतृत्वमा गएको टोलीले २०० प्याकेट स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
त्यस्तै राप्रपा देवदहद्वारा देवदह नगरपालिका अस्थायी कोरोना अस्पतालमा हुने स्वास्थ्यकर्मी र बिमारीहरुको लागि पौष्टिक आहार हस्तान्तरण गरेको छ । राप्रपा रूपन्देही निरन्तर सेवामा अन्तर्गत एक कार्यक्रमबीच उक्त पौष्टिक आहार हस्तान्तरण गरिएको हो । त्यस्तै राप्रपा सिद्धार्थनगर-३ का अध्यक्ष नारायणप्रसाद उपाध्यायको नेतृत्वमा सिनपा-३ खजहना खजुरियाका जेष्ठ नागरिक तथा बिरामीहरू ५० घर परिवारलाई पौष्टिक आहार, सेनेटाइजर तथा मास्क बितरण गरिएको छ ।
उक्त कार्यक्रम केन्द्रीय सदस्यहरू ईरशाद आलम, तोयानाथ लम्साल, राप्रपा बुटवल अध्यक्ष निरज प्रताप खॉण, राप्रपा देवदह अध्यक्ष माधव रिमाल, राप्रपाबुटवल वडा नं ५ अध्यक्ष विनय कसौधन, सिनपा वाड नं ३ अध्यक्ष नारायणप्रसाद उपाध्याय, युवक संगठन रूपन्देही अध्यक्ष शंकर खत्रीलगायत राप्रपा नेता कार्यकर्ताहरूको सहभागिता थियो ।






