दाङ,
जेठ १७ ।
लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । आजको उपनिर्वाचनमा दुई जनाको उम्मेद्वारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतका विपक्षी गठबन्धनका तर्फबाट दीर्घ नारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेद्वार रहेनुभएको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा कोरोना संक्रमण भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको छ । निर्वाचनमा मतदान गर्ने मतदाताहरूले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिनुभयो ।
आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन् । जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।






