आज विश्व धुमपान तथा सुर्तीरहित दिवस मनाइँदै

काठमाडौं,
जेठ १७ ।

आज विश्व धूमपान तथा सुर्तीरहित दिवस विश्वभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ । यसवर्ष ‘लत त्याग्नको लागि प्रतिबद्ध बनौँ’ नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदै छ । धुमपान तथा सुर्तीजन्य वस्तुको सेवनका कारण हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष मे ३१ मा यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक ८ सेकेण्डमा एकजना सुर्ती खाने व्यक्तिको ज्यान जाने गरेको छ । धुमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, पछिल्लो तथ्यांकले कलेजोमा पनि असर पर्ने देखाएको छ । गर्भवती भएका बेला सुर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । नेपालमा १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ खरिद तथा बिक्री गर्न नपाउने कानुनी व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

सुर्तीजन्य पदार्थको असरबारे डब्लुएचओ ले भनेको छ– सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरू लाग्न सक्छन् । विश्वमा धुमपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ । विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ, जसमध्ये ६ लाखको अरुले सेवन गरेको धुमपानको असरले मृत्यु हुने गरेको छ । यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरूमा हुने छ ।

यसमा तपाइको मत

अन्य समाचार