बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

काठमाडौं,
जेठ १४ ।

व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । १५ दिनअघि उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा विराट अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा जटिलता उत्पनन्न भएपछि चार दिन अगाडि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्यसमेत हुनुहुन्थ्यो । उहाँ सप्तकोशी एफएमको प्रवन्ध निर्देशकको जिम्मेबारीमा समेत हुनुहुन्थ्यो ।

झापाको गौरादह स्थायी घर हुनुभएका न्यौपाने डेढ दशकदेखि इटहरीमा बसोबास गर्दै आउनु भएका थिए । उहाँका श्रीमती एक छोरा, एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार