काठमाडौं,
जेठ १३ ।
बिहीबार थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।
थप ७ हजार २२६ जना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या चार लाख १८ हजार ८२९ पुगेको छ । निको हुने दर ७७.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर हाल दुई हजार १०२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । एक हजार ६४५ आइसीयू र ४५७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दुई हजार १०५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
बिहीबार इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा ७, झापामा ११८, ताप्लेजुङमा २०, तेह्रथुममा ३१, धनकुटामा २२, पाँचथरमा २१, भोजपुरमा ६, मोरङमा ४१०, संखुवासभामा ३७, सुनसरीमा १८६, सोलुखुम्बुमा २ धनुषामा ९५, पर्सा २७, बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६, सिरहामा ८३, काठमाडौंमा १ हजार ७ सय ३८, काभ्रेपलाञ्चोकमा २३३, चितवनमा १९८, दोलखामा ४५, धादिङमा १८८, नुवाकोटमा १६५, भक्तपुरमा २६५, मकवानपुरमा १०२, रसुवामा ५, रामेछापमा ४४, ललितपुरमा ३६४, सिन्धुपाल्चोकमा १५०, सिन्धुलीमा ८२, कास्कीमा ३५८, गोरखामा २६, तनहुँमा ६१, नवलपरासी पूर्वमा ५८, पर्वतमा ३८, मुस्ताङमा १, म्याग्दीमा २०, लमजुङमा ४८, बागलुङमा ५ र स्याङजामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, अर्घाखाँचीमा १३, कपिलवस्तुमा ६६, गुल्मीमा १७५, दाङमा ६५, नवलपरासीमा ८, पाल्पामा ६६, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३०, रुकुम पूर्वमा २, रुपन्देहीमा १४०, रोल्पामा ६, कालिकोटमा ६, जाजरकोटमा १, जुम्लामा २, दैलेखमा २५, रुकुम पश्चिमा १२, सल्यानमा ४२, सुर्खेतमा १२४, अछाममा ९७, कञ्चनपुरमा २९, कैलालीमा ११२, डडेल्धुरामा २३, डोटीमा ९, दार्चुलामा २५, बझाङमा १ र बैतडीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित बिहीबार सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेकोे छ ।






