काठामडौं,
जेठ १३ ।
मानसराज र एलिना चौहानको स्वरमा रहेको गीत ‘फूल काँडा’ सार्वजनिक भएको छ । लामो समय नेपालमा कलाकारिता र सञ्चारकर्म मा सक्रियरहि हाल अस्ट्रेलियामा रहनुभएका राजु अर्यालले निर्देशन गर्नुभएको गीतको भिडियो सार्वजनिक भएको हो ।
निर्देशक अर्यालकै शब्द रहेको गीतमा सङ्गीत मानसराजको छ । आना ढकाल, सुरज पौडेल, उत्सव भट्टराई र राजन कुँवरको भिडियोमा अभिनय छ ।
जितेन न्यौपाने र सागर तामाङले अस्ट्रेलियाका कलाकारसँगै अस्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरामा कैद छ । भिडियोमा सम्पादन दिन्सन शाहको छ । भिडियो ओएसआरको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






