कारोना संक्रमणका कारण विदेशमा थप ४१ जना नेपालीको मृत्यु

काठमाडौं,
जेठ ११ ।

कारोना भाइरस (कोभिड-१९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्तुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार सोमवार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखी विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

संघले डा. संजिव सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपकश्री (माल्दिभ्स)लगायत विश्वभर २ सय जना चिकित्सकहरू परिचालन गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार