काठमाडौं,
जेठ ९ ।
बाबु छोरा क्लाइमेट चेन्ज मेद्या क्याप्यिन एभरेष्ट एक्सपिडिसन २०२१ का अभियानता बाबुछोरा ४३ वषर्यी पूर्णकुमार शेर्पा (पिके शेर्पा) र उहाँका १६ बर्षका छोरा सोनाम शेर्पासँगै गाइड शेर्पा छेबी भोटेले नेपाली समय अनुसार आज बिहान ८ः५० बजे सगरमाथाको (८८४८.८६मि) को सफल आरोहण गर्नुभएको छ ।
बाबुछोरा पिके शेर्पा र सोनाम शेर्पा ताम्लेजुङ जिल्ला मौवाखोला ४ साँघु ताम्राङका हुनुहुन्छ । बाबु पिके शेर्पा जलावायु परिवर्तन र यसले पारेको नकारात्मक असर बारे विभिन्न अभियान सञ्चालन गर्दै आएको तीन दशक भयो । यसअघि सन् २०१०, २०११ र अहिले २०२१ मा गरी तीन पटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका भएको छ भने आफ्नो बुवाको पथमार्ग पच्छ्याउदै जलबायु परिवर्तन र यसले पारेको नकारात्मक असर प्रतीको एक अभियानताका रुपमा महाअभियानका एक हित्सा भई बर्ष १६ बर्षको उमेरमा बाबुसँग सगरमाथा सोनमले सफल आरोहण गर्नुभएको छ ।
ग्लोवल कन्र्सन सेन्टर फर क्लाइमेन्ट चेन्ज (जि४सी)को प्रमुख आयोजकत्व र हिमालयन गाइडज नेपाल ट्रेक एण्ड एक्सपिडेसन प्रा.लि.को सहकार्यमा एसिया महादेशलाई प्रतिनिधित्वगरी पुस्ता हस्तान्तरण र जलवायु परिवर्तनको सचेतना बिश्वभर फैलाउनु उहाँहरूको प्रमुख उद्देश्य हो ।
सोनाम हिमाल आरोहणको तयारीका लागि शेर्पा गाइड छेबी भोटेसँग एक महिना अघि सगरमाथा आधार सिविर पुग्नुभएको थियो । पिके शेर्पा भने अनुमतीको सम्पूर्ण कागतजात बनाई बैशाख २४ गते जानुभएको थियो । केही दिनअघिको खराव मौसमका कारण सगरमाथा आधार शिविरमा नै बस्नु परेको थियो । मौसम खुलेसँगै आज आइतबार बिहान ८ः५० सगरमाथामा आरोहणगरी बिश्वमा नै जलाबायु परिवर्तनबारे सचेतना फैलाउन उहाँहरू सफल हुनुभएको छ । प्रकृति बचाउ महाअभियानलाई सफल गर्नको लागि बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरूको पनि सहभागीता रहेको छ ।
आरोहणको सफलतापछि सगरमाथा आधार शिविरमा २९ मे मा एक समारोहकासाथ गरिने भनिएको कार्यक्रम जसमा महानायक राजेश हमाल, नेपाल आइडल सिजन-२ का बिजेता रवी ओड, मिस मङोल नेपाल २०१८ जन्ङ्मु इन शेर्पा, र मिस नेपाल इन्टरनेशनल २०१८ नीति शाह लगायत अन्य विशिष्ट ब्यक्तिको उपस्थितिमा हुने थियो जुन अहिलेको बिधमान कोभिड-१९ अर्थात कोरोनाको विषम परिस्थितिले कारण स्थगित भएको र केही समयपछि बिशेष कार्याक्रमसहित प्रकृति बचाउ अभियानलाई बिश्वभरी लियर जाने उद्घोषक एवम् बाबु छोरा क्लाइमेट चेन्ज मेद्या क्याप्यिन एभरेष्ट एक्सपिडिसन २०२१का कार्यक्रम सम्योजक राज बराइलीले जानकारी दिनुभयो ।






