काठमाडौं,
जेठ ९ ।
चलचित्र ‘आर्टिष्ट’को ‘मै उत्ताउली’ गीत सार्वजनिक भएको छ । मिलन अमात्यको स्वर, सूर्य दोङको शब्द, टिका बोमजनको संगीत रहेको चलचित्रको आइटम गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सिर्जन बरालको कोरियोग्राफि रहेको छ भने खुस्बु पौडेलको आइटम नृत्य छ । गीतको भिडियो साईराम पिक्चर्सबाट सार्वजनिक गरिएको छ ।
कलाकार बन्ने सपना राखेर चलचित्र क्षेत्रमा आउनेहरूको कथामा निर्माण यो चलचित्रमा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धिरेन्द्र श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।
टिकाध्वज थापा (रमेश)ले निमार्ण गरेको यो चलचित्रलाई जीवन शाहीले निर्देशन गर्नुभएको छ । हरि न्यौपानेको छायाँकनकोे चलचित्रमा वीरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको कलर छ ।
प्रदर्शनको तयारीमा रहेको यो चलचित्र विगत एक वर्षदेखि कोरोना संक्रमणका कारण सिनेमाघरमा ल्याउन नसकेको र अब केही दिनमा युट्ययुवमार्फत सार्वजनिक गरिने निर्माता रमेशले बताउनुभयो ।






