एड्रिन प्रधानका दुईवटा गीत सार्वजनिक

काठमाडौं,
जेठ ६ ।

गायक एड्रिन प्रधानले एकैचोटी दुईवटा गीत सार्वजनिक गर्नुभएको छ । प्रधानको स्वर रहेको ‘आकाशैको जूनतारा’ र ‘विवशता’ बोलका गीत सार्वजनिक भएका हुन् । प्रधानकै सङ्गीत रहेको आकाशैको जूनतारा गीत राजन भुजेलले लेख्नुभएको हो ।

यसैगरी, सञ्जय आचार्यको शब्द र सङ्गीत रहेको अर्को गीत ‘विवशता’ गीतसमेत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘आकाशैको जूनतारा’ को भिडियोसमेत बनाइएको छ । त्यस्तै, ‘विवशता’ पप भर्सनमा तयार पारिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार