चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा निर्देशक तथा कलाकार दीपाश्री निरौला मनोनीत

काठमाडौं,
जेठ ५ ।

चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा निर्देशक तथा कलाकार दीपाश्री निरौला मनोनीत हुनुभएको छ । सञ्चालक समिति सदस्यमा निरौला मनोनीत हुनु भएको हो ।

चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याणकोष (स्थापना तथा सञ्चालन कार्यविधि,२०७५ को दफा (५) बमोजिम चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिको सदस्य पदमा २०७९ चैत्र मसान्तसम्मका लागि निरौलालाई मनोनयन गरेको छ ।

‘चलचित्रकर्मी कल्याण कोषको सञ्चालक समितिमा मलाई सदस्य नियुक्त गर्नु भएकोमा धेरै खुसी लाग्यो । मैले सकेको देखेको सबै सेवा मनदेखी गर्नेछु’, निरौलाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार