साहित्यकार तथा समालोचक प्रा. डा. राजेन्द्र सुवेदीको निधन

काठमाडौं,
जेठ ३ ।

वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. डा. राजेन्द्र सुवेदीको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ७६ वर्षका उमेरमा आज बिहान निधन भएको हो ।

उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

सुवेदी गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा कोटेश्वर क्याम्पसका संस्थापकसमेत रहनुभएको थियो । त्रिभुवन विश्वविद्यायलका नेपाली विषयका प्राध्यापक रही लामो समयसम्म अध्यापन गर्नुभएका सुवेदीको कार्यकालमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको एमफील शुरु भएको थियो ।

सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचनालगायत तीन दर्जन पुस्तक प्रकाशित छन् । २००२ सालमा पाँचथरमा जन्मिनु भएका सुवेदीका दुई छोरी र एक छोरा छन् ।

यसमा तपाइको मत

अन्य समाचार