आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं,
जेठ ३ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारीगर्दै हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुने देखिएको छ । देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

अन्य समाचार