‘मायाको पानामा…’ भन्दै निरायु र एलिना (भिडियोसहित)

काठमाडौं,
वैशाख ३१ ।

निरायु गौतम र एलिना चौहानको स्वरमा रहेको गीत ‘तिमीलाई देखेपछि…’ सार्वजनिक भएको छ । निरायुकै शब्द र ओम सुनारको सङ्गीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गणेश गिरि निर्देशित भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य फिचर्ड हुनुहुन्छ । भिडियोमा गायक निरायु, रुक्मिला अधिकारी (रुक्स), निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।

पर्वतको कुश्मा, बाग्लुङलगायतका सुन्दर स्थान मा छायांकन गरेको गीतको भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, बिकास ज्ञवालीको सम्पादन छ । गीतको भिडियोलाई शुभारम्भ डिजिटल म्युजिक युट्युबमार्फत सार्बजनिक गरिएको छ ।

गायक निरायुले यसअघि गायिका रचना रिमालसँग मिलेर ‘तिमीलाई देखेपछि’ बोलको गीत सार्वजनिक गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार