काठमाडौं उपत्यकामा आजबाट अत्यावश्यक सेवाबाहेकका कार्यालय बन्द हुने

काठमाडौं,
वैशाख ३० ।

काठमाडौं उपत्यकामा आजबाट अत्यावश्यक सेवाबाहेकका कार्यालय बन्द हुने भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालय आजबाट बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालय सञ्चालन हुने छैनन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को माहामारी तिब्र रुपमा फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भएको व्यहोरा सर्वविदितै छ । त्यस कारण अत्यावश्यक सेवाका कार्यालयहरू बाहेक अन्य सबै जिल्ला स्थित कार्यालयहरू मिति २०७८/०१/३० गते बाट निषेधाज्ञा अवधीभर बन्द गर्ने गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ ।’

साथै विज्ञप्तिमा अत्यावश्यक सेवाका कार्यलयहरूले सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । कोरोना संक्रमण नरोकिएर अबस्था भयावह बन्दै गएपछि जारी निशेषाज्ञालाई निरन्तरता दिइएको हो ।

यसमा तपाइको मत

अन्य समाचार