आजको मौसम पूर्वानुमान : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
वैशाख २९ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारीगर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको उल्लेख गरेको छ ।

हाल देशका सुदूरपश्चिम, बाग्मती तथा प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भुभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहने छ भने केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति प्रदेश १, प्रदेश २ र बागमति प्रदेशका तराईका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार