बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं,
वैशाख २८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गर्नुभएको छ । अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (नेपाल) को उपेन्द्र यादव पक्ष सहमत छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादीको ४८ र जसपाको ३२ सांसद छन् । जसपाका १६ जना सांसद मात्रै यादव नेतृत्वको समूहमा छ । आफ्नो नेतृत्वमा सरकार निर्माणको दावी गर्न देउवाले सिङ्गो जसपाको जसपाको समर्थन लिनुपर्ने हुन्छ ।

संसदमा नेमकिपाको १, राप्रपाको १ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन् । ती सबैले समर्थन गर्दा पनि देउवाले जसपाको ३२ मध्ये कम्तीमा २४ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतको समूह यथास्थितिमा नयाँ सरकार गठनप्रक्रियामा सहभागि हुने सम्भावना कम छ ।

यसमा तपाइको मत

अन्य समाचार