एसईई र कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित

काठमाडौं,
वैशाख २७ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षा तत्कालका लागि स्थगितगरी मूल्याङ्कनको विकल्प र मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको हो ।

एसईई परीक्षा आउँदो जेठ १३ गतेदेखि तथा कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन गर्ने तयारी थियो । तर, बोर्डको निर्णयसँगै अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमण देशभर पुनः फैलिँदै जाँदा परीक्षा रोकिएको हो । गएको वर्ष आन्तरिक मूल्याङ्कनसहितका आधारमा नतिजा प्रकाशित गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार