महाव्याधि र राजनीतिक छिनाझप्टी

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
वैशाख २४ ।

कोभिड-१९ महाव्याधिको दोस्रो लहरले धेरै जनाको प्राण लिनुका साथै जनस्वास्थ्य र जनजीवनमा गम्भीर प्रभाव पारेको छ । प्राणघातक कोरोना भाईरससँग जोगिन आफ्नो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिनसम्म एकै ठाउँमा बसिरहदा दिग्दार लाग्दो रहेछ । के गर्ने योसँग जोगिन पनि त पर्‍यो नि । धैर्य साथ हामी सवैले निषेधाज्ञा पालना गरौँ । यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोगसंग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सवै नागरिकको हो । सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो ।

आज देशमा दिनप्रति दिन संक्रमितको सङ्ख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । कोरोना महामारीको दोस्रो लहर निकै सङ्कटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानुपर्ने आबश्यकता देखिएको छ । त्यसका लागि राष्टि«य एकताको आबश्यकता छ । राजनीतिक दल र तिनका नेताहरू यति बेला सत्ता स्वार्थको राजनीतिलाई छाडेर कोरोना भाईरस नियन्त्रणमा ल्याउन लाग्नु पर्ने देखिन्छ । तर, दुरभाग्य नेताहरू सत्ता स्वार्थमा नै रुमल्लिरहेका छन् । यो लाज लाग्दो कुरा हो । यति बेला सवै राजनीतिक दलहरू मिलेर कोरोना भाईरसको सामाना गरेर जाने बेला हो ।

पहिलेको भन्दा अहिले कोरोना भाइरस खतरनाक भएको चिकित्सकहरूले बताउँदै आएका छन् । अब सरकारी तथा निजी अस्पतालमा बिरामीको उपचारको गम्भीर तयारी र आवश्यक औषधि तथा उपचार कक्षको व्यवस्थापन हुन जरुरी छ । अहिले बिरामीको चाँप बढेसँगै अस्पतालहरूमा बेडको अभाव हुँदै गएको छ । अहिले हामी बिषम परिस्थितीबाट गुर्जिरहेका छौ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञा र यसको पालना सबैले गर्नुपर्ने जरुरी देखिएको छ । सबै जनताले सचेत भएर सामाजिक दूरी कायम गर्नुपर्ने आबश्यकता देखिएको छ । अव सवैले आ–आफनो स्वास्थ्यको आफैँ ख्याल गर्नुपर्ने जरुरी छ ।

कोरोना संक्रमण मलाई पनि हुन सक्छ र मसँगै रहेका सहकर्मीलाई पनि हुन सक्छ भन्ने कुरामा सदैव सवै सचेत भइराख्नु जरुरी छ । सबैले सबैलाई आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने धारणाको बिकास गरौं । यो आधारभूत कुरालाई मनन गरेर व्यवहारमा प्रयोगगर्नु जरुरी भएको छ । सरकारले अहिले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किनु भनेर जारी गरेको अनुरोधमूलक निषेधाज्ञा सबैले इमान्दारीपूर्वक पालना गरौं । यो अहिलेको बाध्यात्मक आवश्यकता हो । यो कुनै रहर होइन । यसलाई कसैले पनि खेलवाडमा उडाउने काम नगरौं । स्वास्थ्य भन्दा ठूलो अरु केही हुन सक्दैन । स्वास्थ्य रहे अरु रहन्छ ।

दोस्रो लहरको कोरोना महामारी अति संवेदनशील र डरलाग्दो रूपमा देखिएको छ । योसंग खेलचारी गर्नु हुँदैन । बरु, समयमै यसकोे रोकथाम, उपचारका उपाय अवलम्बनगरी अघि बढ्नु जरुरी छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने काम सवै नागरिकले गर्नुपर्छ । यसका लागि सरकार पनि निकै सचेत र गम्भीर हुन जरुरी देखिन्छ । पछिल्लो चरणमा बाक्लो बस्ती भएका गाउँ, काठमाडौं सहरलगायत मुख्य सहर र छिमेकी देश भारतसँग सीमा जोडिएका सहर बढी प्रभावित छन् । तर, पनि कोरोनाको दोस्रो लहरको संक्रमणबाट दूरदराजका गाउँसमेत बच्न सकेका छैनन् । यो अवस्था भयावह अवस्था नै हो ।

सबै मिलेर यसको सामाना गर्ने बाटोमा लागौं । सरकारको मात्र एकल प्रयासले यो माहामारी नियन्त्रमा ल्याउन सम्भव छैन । सवै नागरिक एक जुट भएर लागौं । अहिले यो पार्टी र उ पार्टी भनेर गाईजात्रा देखाउने बेला होइन । जनताले यो पटक्कै मन पराएका छैनन् । अहिले नेताहरूमा देखिएको जुन किसिमको सत्ता स्वार्थको झुण्ड छ, त्यो नेपाली जनतालाई मन परेको छैन । अहिले यो माहामारीका बेला राजनीति गर्ने होइन । माहामारी बिरुद्ध एक ढिक्का हुने बेला हो न की राजनीतिक छिनाझप्टीमा । सबै समयमै सचेत होऔ ।

यसमा तपाइको मत

अन्य समाचार