काठमाडौं,
वैशाख २१ ।
आधुनिक गीत ‘सिरानी लाएँ हात फेरी फेरी…’ सार्वजनिक भएको छ । सन्चमान राईको शब्द, ओम प्रकाश राईको सङ्गीत र प्रविण वेडवालको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायांकन तथा निर्देशन रहेको भिडियोमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय छ । भिडियोको एक महिना भित्र कर्भरसङ्ग बनाएर न्युनेपाली म्युजिक येदरेड जिमेल डट कममा पठाउन सकिने छ र प्राप्त भिडियोहरू मध्येबाट तीन महिना भित्र जसको भिडियो लाईक, शेर बढी हुन्छ पहिलोलाई ३० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
ओसियन म्युजिक प्रा.लि.को प्रस्तुति ‘सिरानी लाएँ हात फेरी फेरी…’ गीतको भिडियो सङ्गीतकार राईको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






