काठमाडौं,
वैशाख २१ ।
मंगलबार थप सात हजार ६६० जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन संक्रमित हुने संख्या हालसम्मको उच्च हो ।
१६ हजार १३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ ।
कुल संक्रमितमध्ये पछिल्लो समय ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् । यस्तै मंगलबार थप एक हजार ७७५ जना संक्रमण मुक्त भएका छन् ।
देशभर पछिल्लो समय आठ सय करिव कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । ६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि सोमबार ७२० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए ।
काठमाडौं उपत्यकामा मंगलबार तीन हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका दुई हजार ७७९ छन् । त्यस्तै, ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै मंगलबार इलाममा नौ, उदयपुरमा १०, ओखलढुंगामा १६, खोटाङमा तीन, झापामा १७४, ताप्लेजुङमा पाँच, तेह्रथुममा तीन, धनकुटामा तीन, पाँचथरमा पाँच, भोजपुरमा एक, मोरङमा २४६, संखुवासभामा पाँच, सुनसरीमा १२४, सोलुखुम्बुमा तीन, धनुषामा १०४, पर्सा ११२, बारामा ३६, महोत्तरीमा ६५, रौतहटमा २६, सप्तरीमा ३२, सर्लाहीमा ३२, सिरहामा २८, काभ्रेपलाञ्चोकमा ११७, चितवनमा २२६ दोलखामा २२, धादिङमा ७५, नुवाकोटमा ८३, मकवानपुरमा ६९, रसुवामा नौ, रामेछापमा २४, सिन्धुपाल्चोकमा २८ र सिन्धुलीमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्कीमा २४७, गोरखामा ३८, तनहुँमा २०, नवलपरासी पूर्वमा ३५, पर्वतमा १७, लमजुङमा २३, म्याग्दीमा ११, लमजुङमा २०, बागलुङमा सात, स्याङजामा २०, अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६४, गुल्मीमा २६, दाङमा २०१, नवलपरासीमा २१, पाल्पामा ४८, प्युठानमा १२, बर्दियामा २८, बाँकेमा १९२, रुकुम पूर्वमा चार, रुपन्देहीमा ३६९, रोल्पामा १७, कालिकोटमा चार, जागरकोटमा सात, जुम्लामा १८, डोल्पामा दुई, दैलेखमा ३४, मुगुमा दुई, रुकुम पश्चिममा तीन, सल्यानमा १८, सुर्खेतमा १२४ , हुम्लामा एक, अछाममा ३०, कञ्चनपुरमा १२, कैलालीमा १४०, डडेल्धुरामा ४७, डोटीमा ५०, दार्चुलामा तीन, बझाङमा एक, बाजुरामा एक, बैतडीमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरैको ५५ जनाको मृत्यु भएको हो । एकै दिन मृत्यु भएकाको संख्या यो हालसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४१७ पुगेको छ ।






