राष्ट्रिय जनगणना तत्कालको लागि स्थगित

कठमाडौं,
वैशाख २० ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना तत्कालको लागि स्थगित गरेको छ । यही वैशाख २६ गतेबाट विभागले सुरु गर्न लागेको १२ औं राष्ट्रिय जनगणना कोरोना भाइरसको संक्रमण बढेसँगै तत्कालको लागि स्थगित गरेको हो ।

कोरोना संक्रमण तिव्ररुपमा बढेपछि मन्त्रिपरिषदको बैठकले नै निर्णय गरेर जनगणना अगाडि नबढाउने निर्णय गरेको हो । कोरोना संक्रमणको दरलाई हेरेर जनगणनाको अर्को मिति तय गर्ने तयारी विभागले गरेको छ ।

जनगणनाको लागि विभागले सबै तयारी पूरा गरिसकेको छ । विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरिसकेको छ । त्यस्तै जनगणनाको लागि चाहिने आवश्यक सबै सामाग्रीहरु पनि विभागले व्यवस्थापन गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार