काठमाडौं,
वैशाख १९ ।
सरोज अधिकारीको स्वरमा रहेको गीत ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ । युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा सङ्गीतसमेत गायक अधिकारीकै सुन्न सकिन्छ ।
यस्तै गीतको र्यापमा किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द छ भने एरेञ्ज बिसाल गुरुङले गरेका छन् । गीतको भिडियोमा दिपक घिमिरे र पूजा ठाकुर देखिएका छन् ।
नितिन चन्दले निर्दशन गरेको भिडियोमा सरोज अधिकारीको कथा, सब्बु तामाङको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुँदैन भन्ने सन्देश दिन खोजेको छ ।






