मोसु कतारको अध्यक्षमा भीम बराइली निर्बाचित

✍️  सरोज बास्तोला
कतार,
वैशाख १८ ।

‘मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना’ भन्ने मूल नाराका साथ सन २००१ मा कतारमा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण हालको परिस्थिति लाई पालना गर्दै ‘भर्चुअल’ माध्यमबाटै भएपनि वैदेशिक रोजगारीका शिलशिलामा कतारमा वसोवास गरिरहेका मोरङ सुनसरीवासीको साझा संस्था मोसु कतारले मिति ३० अप्रिल २०२१ का दिन १६ औ साधारणसभा सम्पन्न गरेको छ ।

मोरङसुनसरी संस्थामा आवद्ध युवाहरूलाई समाजमा अब्बल बनाउने उद्देश्यका साथ अयोजना हुने मोसु कतारको नतृत्वमा यस पटक सामाजिक अभियन्ता भीम बराइलीको हातमा पुगेको छ, बरालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

मोसु कतारका अध्यक्ष दीलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष लोकबहादुर तामाङले मन्तब्य राख्दै मोसु प्रवास शाखाहरूले नेपाली समुदायमा बिभिन्न माध्यमबाट सामाजिक कार्यहरू गरेको देख्दा खुशी प्रकट गरे ।

भविष्यमा पनि अझै मोसुको सामाजिक ऊंचाई कायम गर्न समाज र मातृभुमी प्रति थप योगदान दिन सफल हुने विश्वास, मोसु कतारका सस्थापक महासचिव चानक पोखरेलले बताए ।

मोसु कतारको यस कार्यक्रममा प्रवासमा रहेका सातै ओटा मोसु शाखाको उपस्थिति रहेकोमा मोसु प्रवास समन्वय समितिका सयोजक बिनोद भट्टराईले खुशी व्याक्त गर्दै केही देशहरूमा शाखा स्थापनाको पहल भइरहेको जानकारी गराए ।

अध्यक्ष तथा कार्यक्रममा सभापति दीलिप पराजुली बोल्दै उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाईदिनु हुने सम्पुर्ण मोसु शाखा, अध्यक्ष परिषद,सल्लाहकारहरू, लगायत आफ्नो कार्यकालमा कार्यभार सम्हाली पदिय जिम्मेवारी पूरा गर्नुहुने सम्पुर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण, कुमार कार्कीले गरेका थिए, कार्यक्रममा निर्वाचन समिति सयोजकको भुमिका तेज कट्वालले गरेका थिए भने उपाध्यक्ष भीम बराइलीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई मोसु सचिब भोला बस्नेतले सञ्चालन गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिहरू मा अध्यक्ष भीमबहादुर बराइली, उपाध्यक्ष नेत्र कुमार भुजेल (नियम), उपाध्यक्ष लिलानाथ घिमिरे, सचिव भोला बस्नेत, कोषाध्यक्ष शुष्मा खतिवडा कटुवाल, सहसचिव पर्शुराम बन्जारा, सहसचिव अच्युत भट्टराई सहकोषाध्यक्ष योजना शर्मा थापा, सहकोषाध्यक्ष भरत श्रेष्ठ, सदस्यहरूमा प्रेम बहादुर राई, वीरजंग थापा, सुनिता कोइराला अचार्य, सबिता दाहाल भट्टराई, गमला बस्नेत खतिवडा, पर्शुराम पोखरेल, गोबिन्द बिश्वकर्मा, जीवन याख्खा राई, मीना बिश्वकर्मा, मुना ढकाल, सुजन ढकाल, छत्रवहादुर विश्वकर्मा रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार