आजको मौसम पूर्वानुमान: केही स्थानमा हल्का बर्षाको सम्भावना

काठमाडौं,
वैशाख १७ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको उल्लेख गरेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का बर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र तराईका एक, दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहने तथा पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक बर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार