काठमाडौं,
वैशाख १६ ।
अमेरिका निवासी अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिड्छन् फूललाई’को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ । खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन सङ्गीत रहेको गीतको भिडियो अमेरिकामै खिचिएको हो ।
बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोेमा सुवासका अलवा बिनीता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय छ । पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढापको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् ।
‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका चलचित्रमा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही बर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् ।
अमेरिकामा थापाले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको एक अंग्रेजी चलचित्र ‘हाउ टु किप योर म्यान ह्याप्पी’मा समेत अभिनय गरेका थिए । चलचित्रमा उनको व्यवसायीको भूमिका रहेको छ ।






