काठमाडौं,
वैशाख १६ ।
लोकदोहरी गीतसङ्गीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल मोडल उषा सुवेदी अभिनित मायाप्रेममा धोका भएपछि त्यसले उब्जाउने एकखालको समस्यालाई मर्मश्पर्धी ढङ्गले प्रस्तुत गरिएको ‘बा, आमाको माया’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
पाशाङ शेर्पाको शब्द, उद्धव घिमिरेको सङ्गीत रहेको गीतमा उद्धव घिमिरे, पाशाङ शेर्पा र पूर्णकला बिसिको स्वर छ । उषा सुवेदी, उद्धव घिमिरे, लक्ष्मण चौलागाई, रोश्नी सापकोटा, वर्षा सिल्वाल अभिनित भिडियोका निर्देशक खमेश श्रेष्ठ हुनुहुन्छ ।






