काठमाडौं,
वैशाख १६ ।
उर्मिला लाम्गादेको स्वरमा रहेको ‘माया बैगुनी’ गीत सार्वजनिक भएको छ । प्रेमप्रेमिका सम्बन्धलाई देखाइएको गीतमा शब्द तथा सङ्गीत बसन्त सापकोटाको रहेको छ । गीतमा सुदिप सागरको सङ्गीत संयोजन छ ।
सार्वजनिक गीतको भिडियोमा गायिका लाम्गादे र अभिनेता दिलिप रायमाझीबीचको प्रेम र आकर्षणलाई देखाइएको छ । प्रज्वल पन्तको छायांकन रहेको गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गर्नुभएको हो । बिक्की पुलामीको निर्देशनमा तयार पारिएको भिडियोलाई बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।






