काठमाडौं,
वैशाख १४ ।
गायक तथा सङ्गीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा रहेको गीत ‘चन्द्र मुहार’ सार्वजनिक भएको छ । थोत्रो प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा कोशिष क्षेत्रिकै शब्द सङ्गीत रहेको छ भने उदयराज पौडेलले एरेञ्ज छ ।
सुमन तामाङले छायांकन गरेको भिडियोलाई कोशिष क्षेत्री आफैँले निर्देशन गरेका छन् । सार्बजनिक गीतको भिडियोमा कोशिष क्षेत्री र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ ।






