थप दुई हजार ६१८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं,
वैशाख ११ ।

शनिबार थप दुई हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ६६८ जनाको पिसिआर परीक्षणमा दुई हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको सख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

यस्तै शनिबार थप ३६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७६ हजार १२३ पुगेको छ । कोभिड संक्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।

२८२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । २१३ आइसियु र ६९ जना भेन्टिलेटरमा गरी २८२ जना बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार २३० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए ।
शनिबार थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार १३६ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार