काठमाडौं,
वैशाख ९ ।
बिहीबार उपत्यकामा एक हजार १७४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ९८७, ललितपुरका १०६ तथा भक्तपुरका ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बाँकेमा २७७, रुपन्देहीमा १२५, मोरङमा ११३, पर्सामा ७९, पाल्पामा ४२, बर्दियामा ३१ तथा गुल्मीमा १० जना थपिएका छन् ।
बिहीबार देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।






