काठमाडौं,
वैशाख ६ ।
गीतकार तथा निर्देशक हिराकाजी थापाको नयाँ गीत ‘मिठो धोका’ को सार्बजनिक भएको छ । सुजाता बर्माको स्वर नागेन्द्र श्रेष्ठको सङ्गीत र उदय राज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
लामो समयदेखि लन्डनमा बसोबास गर्दै आउनुभएका हिराकाजी थापा इन्टरनेटको माध्यमबाट गीतको भिडियो निर्देशन गर्न सफल हुनुहुन्छ । उहाँले डिजिटल प्रविधिको भरपुर उपयोग गर्दै पुनः अर्को गीतको भिडियो लिएर आउँनु भएको हो ।
छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन छ । सार्बजनिक गीतको भिडियोमा मोडल भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्री, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ । भिडियोको निर्माता हिराकाजी आफैँ हुनुहुन्छ ।






