थप एक हजार २२७ जनामा कोरोना संक्रमण, आठको मृत्यु

काठमाडौं,
वैशाख ६ ।

सोमबार थप एक हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ५४८ जनाको परीक्षण गर्दा एक हजार २८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यसअघि आइतबार एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ८५ हजार ९०० सय पुगेको छ । यस्तै हालसम्म २३ लाख ५२ हजार ५०२ जनाको पिसिआर परीक्षण भएको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएकामा कुल संक्रमितमध्ये ६३४ जना काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय सात हजार २५४ जना आइसोलेसनमा छन् । यस्तै २५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ ।

सोमबार थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या तीन हजार ९१ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार