झापा,
वैशाख ५ ।
मेचीनगर १० मा अवस्थित शुभारम्भ अभियानले नयाँ वर्षको अवसर पारी फोहोर ब्यावस्थापनमा सहयोग पुर्याउने मेचीनगर नगरपालिका-१० का सातजना कर्मचारीलाई सम्मान गरेको छ । स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रिय शुभारम्भ अभियनाले शनिबार एक कार्यक्रमबीच लकडाउनका समयमा ज्यान जोखिममा राखी फोहोर सङ्कलनका साथै ब्यावस्थापनमा सक्रिय नगरका कर्मचारीलाई सम्मान गरेको हो ।
यससँगै शुभारम्भले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टारमा उत्कृष्ट आठ मा पर्न सफल मेचीनगर १० निवासी विशाल श्रेष्ठलाई सम्मान गरेको छ ।
विशेषगरी सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै स्वच्छ हराभारा वातावरण निर्माणमा लागिपरेको शुभारम्भ अभियानले विशेष सक्रियताका साथ अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।






