थप ८४३ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं,
वैशाख ४ ।

पछिल्लो समय थप ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ६ हजार चार जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ८४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल कोरोना संक्रमितको संख्या दुई लाख ८३ हजार ६५८ पुगेको छ । यीमध्ये पाँच हजार ५४५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो समय काठमाडौंमा ३१२, ललितपुरमा ७४ र भक्तपुरमा नौ जना गरी उपत्यकामा ३९५ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९४ जना र भेन्टिलेटरमा ४५ जना उपचाररत छन् ।

यस्तै पछिल्लो समय २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । निको हुने दर ९७ प्रतिशत छ ।

मन्त्रालयका अनुसार शनिबार थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ७५ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार