काठमाडौं,
वैशाख ३ ।
कुशल बेलबासे र बीमा सारु मगरको स्वरमा रहेको गीत ‘युके लण्डन’ मा सार्वजनिक भएको छ । प्रकाश कुँबर मगरको शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राज कुमार मगरको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, राज कुमार मगरको सम्पादन छ ।
सार्वजनिक भिडियोमा जुना गुरुङ, प्रयास कुँबर मगर, निर आले, हेमा मगर, राजेश बिसी, किरण मगर, बिनिता पुन, कञ्चन मगर लगायतको अभिनय छ । गीतको भिडियोलाई डोलराज बारघरे मगरको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






