काठमाडौं,
चैत ३० ।
बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा चलचित्र ‘डाँडाको बरपीपल’को आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुने भएको छ । शोभित बस्नेतको निर्देशन रहने चलचित्रमा सलोन बस्नेतको जोडी रुविना थापा हुनुहुने छ ।
चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गरचको पनि अभिनय रहनेछ । निर्देशक शोभितले चलचित्र पारिवारिक कथामा बन्ने बताउनुभयो ।
चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।
७५ दिनको छायांकन तालिका रहेको चलचित्र काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिने निर्माण पक्षले जनाएको छ ।






