काठमाडौं,
चैत ३० ।
सोमबार थप ५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । ४९६ जना पिसिआर र ६३ जना एन्टीजेन परीक्षणमा गरी ५५९ जनामा कोरोना पुष्टि भएको हो ।
मबार पुष्टि भएका कुल संक्रमितमध्ये २११ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १५९, ललितपुरमा ४४ र भक्तपुरमा आठ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये तीन हजार ३०६ जना आइसोलेसनमा छन् ।
पछिल्लो समय पाँच हजार १०५ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २८४ पुगेको छ ।
यस्तै सोमबार १३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेकोे संख्या दुई लाख ७४ हजार १६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
सोमबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या तीन हजार ५३ पुगेको छ । यसअघि आइतबार एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।






