‘चुरीफुरी’को फस्र्टलुक पोस्टर सार्वजनीक

काठमाडौं
चैत २९ ।

समसामयिक हास्य कथामा निर्माण गरिएको चलचित्र ‘चुरीफुरी’ ०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजीक सजालमा चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै प्रदर्शन मिति जानकारी गराउनुभएको हो ।

फस्र्टलुक पोस्टरमा डेब्यु हिरो अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरू–पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका अनि रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित पर्नुभएको छ ।

चलचित्रमा उहाँहरूका साथमा ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

आरबि मुभीजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्र राहुल राईले खिच्नुभएको हो । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सहनिर्माता रहेको चलचित्रका गीतमा दीपक शर्माको सङ्गीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ । भीमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ । चलचित्रले भरपुर मनोरञ्जनका साथै युवावर्गलाई सन्देश पनि दिने दावी निर्देशक आचार्यको छ ।

यसमा तपाइको मत

अन्य समाचार