✍️ धुव्र लोहागन
सिक्किम
चैत २९ ।
‘भय’
मृत्यु सित भय मान्नु र डराउनु हुँदैन
मृत्यु पछि दुश्मनको बाह्र हातको टाङ्गोले छुँदैन
बाँच्नु बरु त्रासदीमा बाँच्नु पर्छ डराउनु पर्छ
बाँच्दा नै हेप्ने, सताउने, लुट्नेहरु धेरै भेटिन्छन्
सफलताको सिडी उक्लिएर बाच्नुहोस त
छेक्ने, रोक्ने, टोक्ने, तान्ने, हान्ने र मार्ने थुप्रै निस्किन्छन् ।
‘अनुराग’
जब तिम्रो केश सेताम्मे भएर फुल्नेछ
जब तिम्रो गालाको छाला तलतिर झुल्नेछ
तिम्रो केशराशी त्यतिबेला पनि म सहलाउनेछु
तिम्रो चाउरी परेका गालाहरु त्यतिबेला पनि म सुम्सुमाउनेछु
मेरो पवित्र प्रेमको प्रमाणको साक्षी बन्नलाई
अझ पन्द्र ( सोह्र वर्ष तिमीले पर्खिनु पर्नेछ
म मरिन रहेछु भने मेरो माया गर्ने मन तिमीलाई मनपर्नेछ
त्यो मायामा न स्वार्थ हुनेछ न आवेश
न आवेग हुनेछ न उष्ण ताप न राप न राग
हामी दुई हुनेछौ अनि त्यहाँ केवल हुनेछ अनुराग ।






