छोरीहरूको सम्झनामा ‘मुटुको टुक्रा’ (भिडियोसहित)

काठमाडौं
चैत २९ ।

स्याङ्जा घर भइ हाल युकेमा बस्दै आउनुभएकी ज्योती गुरुङ गीत ‘मुटुको टुक्रा’ सार्वजनिक भएको छ । आफ्ना दुई छोरीको सम्झनामा उहाँले ‘मुटुको टुक्रा’ गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याउनु भएको हो ।

https://www.youtube.com/watch?v=9s5ut-JO0Ro&feature=emb_logo

देवी घर्तीमगरको स्वर रहेको गीतमा सुरज लामीछानेको सङ्गीत रहेको छ । युकेमै छायांकन गरिएको गीतको भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन छ भने गीतकार गुरुङले नै अभिनय गर्नुभएको छ । उहाँको साथमा सानी बालीका काव्या श्रेष्ठको पनि अभिनय रहेको छ भने अंशीका थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र एवा सिंह ठकुरी पनि देखिनुभएको छ ।

गुरुङले केही समय अगाडि ‘यो कस्तो माया’ बोलको गीत ल्याउनुभएको थियो । ‘मुटुको टुक्रा’लाई गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार