अबुन पाण्डेको स्वरमा ‘प्रेम प्याला’ (भिडियोसहित)

काठमाडौं,
चैत २७ ।

अबुन पाण्डेको स्वरमा रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । अबुनकै शब्द तथा सङ्गीत र राजिव शाहको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको भिडीयोमा बिकास लामिछाने र पूजा गिरीको अभिनय रहेको छ । रोमान्टिक शैलीको गीतमा उनीहरूको जोडी सुन्दर देखिन्छ ।

सुकुटेमा खिचिएको गीतको भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन् । भिडीयोमा अरुणा घिमिरेको मेक अप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार