रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्ट राति ९ बजेदेखि बन्द गर्न आग्रह

काठमाडौं,
चैत २५ ।

पछिल्लो समय कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरू राति ९ बजेदेखि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचनाजारी गर्दै यस्तो आग्रह गरेको हो । ‘ ठूला शहरहरूमा ५०० भन्दा बढी र साना शहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिए ती स्थानमा आवागमनमा कडाइका साथ पालना गर्न अनुरोध छ’,जारी सूचनामा भनिएको छ ।

यस्तै बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू सपिङ मल, नाँचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायत क्षेत्र, मन्दिर तथा धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढेकाले सतर्कता अपनाउन मन्त्रालयले शैक्षिक संस्थाहरूलाई सुझाएको छ । यस्तै मन्त्रालयले विदेशबाट आउनेहरूका लागि अनिवार्य क्वारेन्टिनमा राख्नसमेत आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार