एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं,
चैत २३ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य पहाडी भू-भागमा भने मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो २७ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार