एकान्त र दीपाको स्वरमा ‘मेरो सपनीमा…’ (भिडियोसहित)

ललितपुर,
चैत २१ ।

हाङ चेम्जोङ निर्देशित ‘मेरो सपनीमा…’ गीतको भिडियो सार्वजनिक भएको छ । आकाश लिम्बूको शब्द, एकान्त आङ्देम्बेको सङ्गीत चन्दु गोर्खालीको एरेञ्ज तथा एकान्त र दीपा लामाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा रुद्र पहिम र पुष्पाञ्जली तिल्लिङ मादेन (चापेतिकुम्मा)ले अभिनय गरेका छन् । जसलाई छायांकन मेघराज मगराती, श्ृङ्गार सुमन शंकर र सम्पादन विकास दाहालले गरेका हुन् ।

याक्थुङ कलाकार समाज हङकङका सल्लाहकार लोक आङबुहाङ, कलाकार लक्ष्मी योङहाङ, कृष्णराज नेम्बाङ, मनु थक्लुङ, गायकहरू ब्रबिम सेर्मा, यादन सेर्मा, सुमन लिम्बू, गायिकाहरू तुलसा आङ्देम्बे, गंगा फियाक, सिर्जना जबेगु, निरन्ता नेम्बाङलगायत भिडियोमा संलग्न कलाकार, प्राविधिक र अतिथिहरूको उपस्थितिमा सार्वजनिक भएको हो ।

ललितपुरको नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा सार्वजनिक गरिएको कार्यक्रममा नेपाली गीतसङ्गीतलाई यस्ता स्तरिय म्युजिक भिडियोले अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने बताए । कलाकार तथा प्राविधिकहरूले काम गर्दाको अनुभव साटासाट गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार