लिजाको स्वरमा ‘दल छ देश छैन’ (भिडियोसहित)

काठमाडौं,
चैत २० ।

लिजा लामाको स्वरमा रहेको गीत ‘दल छ देश छैन’ सार्वजनिक भएको छ । दीपक रमनको सङ्गीत, चन्द्र लाल तामाङको शब्द रचना तथा सञ्जय हमालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

देशप्रतिको प्रेमभाव बोल्ने गीतको भिडियोमा गायिका लामा स्वयं फिचर हुनुहुन्छ । श्याम वान्तवा राई, रत्नमान लामा, हृदय श्रेष्ठ, मान बहादुर थापा, सरस्वती घिमिरे, नारायण घिमिरे, मिना महर्जन, सुवास सिलवाल, कल्पना घिमिरे, सरोज खड्का र अमित तुलाधरको पनि भिडियोमा अभिनय छ ।

एस डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको भिडियोलाई राजु लामाले निर्देशन गर्नुभएको हो । मोहन अभिलासीको छायांकन रहेको भिडियोलाई सौखिन तिमल्सिनाले सम्पादन गर्नुभएको छ । गायिका लामाले गीतलाई दर्शक तथा स्रोताले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार