नयाँ बर्षमा ‘गुड फ्रेन्ड’

काठमाडौं,
चैत १८ ।

नयाँ बर्ष ०७८ को अबसर पारेर ‘गुड फ्रेन्ड’ चलचित्र चैत्र २७ मा प्रदर्शन हुने भएको छ । साथी साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको चलचित्रको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनीक गरिएको हो ।

पहिला चैत्र २० मा हलमा आउने भनिए तापनि अब यो चलचित्र चैत्र २७ मा दर्शकमाझ आउने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन् ।

बिजी बर्मा फिल्मस्को ब्यानरमा वसन्त बर्माको प्रस्तुति रहेको चलचित्रको निर्मातामा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा अनि सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । चलचित्रको गीतमा संजय लामा बलको सङ्गीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रवल प्रधानको छ ।

केही बर्षअघि नै निर्माण सम्पन्न भए तापनि प्रदर्शनका लागि उचित समय पर्खदा नयाँ बर्ष ०७८ भेटिएको निर्माण पक्षले जनाएको छ । ‘गुड फ्रेन्ड’ दर्शकलाई सँधै ताजानै लाग्ने बिश्वास निर्माताको छ ।

यसमा तपाइको मत

अन्य समाचार